काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ सारथी लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीको १९ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम प्रतिकित्ता ७४६ रुपैयाँका आधारमा नेप्सेले १९ प्रतिशत बोनस वितरणपछिको सेयरमूल्य प्रतिकित्ता ६२६.८९ रुपैयाँ कायम गरेको छ ।
योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा बुधबारबाट कारोबार हुनेछ ।