एनबीआईद्वारा ग्लोबल मनी वीक-२०२३ को अवसरमा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने वार्षिक कार्यक्रम आयोजना

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल मनी वीक-२०२३ को अवसरमा बालबालिका र युवाहरूको लागि वित्तीय साक्षरता प्रवर्द्धन गर्ने वार्षिक कार्यक्रम नेपालमा पनि आयोजना गरेको छ । एनबीआईले २०२३ मार्च २० देखि २०२३ मार्च २६ सम्म उक्त कार्यक्रम आयोजना गरेको हो ।

यस वर्षको विषयवस्तु ‘प्लान योर मनि प्लान योर फ्यूचर’ रहेको थियो । उक्त कार्यक्रम अन्तर्गत दिगो भविष्य निर्माणमा वित्तीय साक्षरता, बचत गर्ने बानी र उद्यमशीलताको महत्व बुझाउन नेपाल राष्ट्र बैंकले नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) सँगको सहकार्यमा १०० भन्दा बढी स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीको सहभागितामा वित्तीय साक्षरता सचेतना कार्यक्रमको ग्लोबल मनी वीक (२०२३ बाट शुरुवात गरिएको हो ।

एनबिआईले आयोजना गरेको कार्यक्रममा नेपालका विभिन्न प्रदेशका श्री सगरमाथा माध्यमिक विद्यालय झापा, श्री कंकाली उच्च मावि सिम्रौनगढ बारा, पोखरा इन्जिनियरिङ कलेज पोखरा, नेपाल आदर्श बहुमुखी क्याम्पस कपिलवस्तु, बुद्ध हिमालय उच्च माध्यमिक विद्यालय, जुबिलेण्ट कलेज कालिमाटी समेत ६ वटा कलेजमा स्नातक तहका विद्यार्थीका लागि अनलाइन माध्यमबाट र बागमती प्रदेशका विभिन्न तीन कलेज काभ्रे बहुमुखी क्याम्पस बनेपा, कालीदेवी मावि तारकेश्वर–२ , मदन भण्डारी मेमोरियल कलेज काठमाडौंमा प्रत्यक्ष माध्यमबाट गरी ६ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

युवाहरुलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिई आफ्नो आर्थिक भविष्य आफैंले सम्हाल्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम आर्थिक सहयोग तथा विकास संगठन (इभ्ऋम्) को पहलमा नेपाल राष्ट्र बैंकसँगको समन्वयमा आयोजना गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स