नेप्सेमा दुई लघुवित्तसहित चार कम्पनीको साढे ६७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ।

मंगलबार साधना लघुवित्त, आरएसडीसी लघुवित्त, अपी पावर र नेको इन्स्योरेन्सको कुल ६७ लाख ६२ हजार ९५७.२४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार साधना लघुवित्तको १९ प्रतिशत दरका ६ लाख १० हजार ३२८.४५ कित्ता, आरएसडीसी लघुवित्तको ८ प्रतिशत दरका ६ लाख ४४ हजार १२४.५९ कित्ता, अपी पावरको ७.५ प्रतिशत दरका २८ लाख ८३ हजार ६८६ कित्ता र नेको इन्स्योरेन्सको १५ प्रतिशत दरका २६ लाख २४ हजार ८१८.२० कित्ता सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स