नबिल बैंकद्वारा दिगो बैंकिङ र उद्यमशीलता विकासको लागि पालिकासँग साझेदारी

काठमाडौं । नबिल बैंकले धादिङ जिल्लाको गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुुुँचको लागि समझदारी गरेको छ ।

गल्छी गाउँपालिकामा नबिल बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त साझेदारी गाउँपालिकाहरुले स्थानिय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नबिल बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले यस सम्झौताले गल्छी गाउँपालिकामा रोगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले नबिल बैंककँ दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलिया बनाउने आशा व्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पुर्याइ गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

गल्छी शाखालाई नबिल दिगो बैंकिङका पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग गाउँपालिकाको विकास र रोजगारी सिर्जनामा हातेमालोगर्न पाउँदा आफुलाई अत्यन्त खुसी लागेको बताए । उक्त कार्यक्रममा दिगो बैंकिङ परामर्शदाता राजु नेपाल, नबिल बैंकका बागमती प्रदेश अन्र्तगत स्वयम्भु क्लस्टर प्रमुख प्रज्वल कुमार सुवेदी, नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा, गल्छी शाखा प्रबन्धक, गाउँपालिका कर्मचारीहरू, किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको उपस्थिति थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङ सुरुवात गरेको हो । सरकारको दिगो बिकासका लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्र्तगत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ ।

बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि व्यवसायिकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशील कर्जा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स