एनआईसी एशिया बैंकमा सञ्चालकदेखि सीईओसम्म यस्तो देखियो सेयर प्याट्रन, कसको कति सेयर ?

काठमाडौं । एनआईसी एशिया बैंकमा बैंक सञ्चालक समितिका अध्यक्षदेखि प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवसम्मको सेयर रहेको छ । एनआईसी एशिया बैंकमा ५ करोड ८९ लाख ७६ हजार ४३० कित्ता र पव्लिकको ५ करोड ६६ लाख ६३ हजार ६२६ कित्ता सेयर रहेको छ ।

यो सेयर मध्ये बैंक सञ्चालक र उच्च व्यवस्थापनसँग १ करोड २४ लाख ९२ हजार ५४४ कित्ता साधारण सेयर र ४५ हजार १९७ कित्ता साधारण सेयर रहेको छ । आज एनआईसी एशिया बैंकको प्रतिकित्ता सेयर मूल्य ६९५ रुपैयाँ रहेको छ । सो मूल्य अनुसार सञ्चालक तथा उच्च व्यवस्थापकको नामममा ३ करोड १४ लाख ११ हजार ९१५ रुपैयाँ बराबरको सेयर रहेको छ । संस्थामा ५१ प्रतिशत संस्थापन सेयर र ४९ प्रतिशत साधारण सेयर रहेको छ ।

उक्त सेयर बैंकका अध्यक्ष तुलसीराम अग्रवालको नाममा १५ लाख ७४ हजार ५८५ कित्ता संस्थापक सेयर र ४ लाख ८८ हजार २२६ कित्ता गरी कुल २० लाख ६२ हजार ८११ कित्ता सेयर रहेको छ ।

सञ्चालक त्रिलोक चन्द्र अग्रवालको नाममा ५५ लाख २३ हजार ९ कित्ता संस्थापक र ६ लाख ४७ हजार ३६७ कित्ता साधारण सेयर गरी जम्मा ६१ लाख ७० हजार ३७६ कित्ता सेयर रहेको छ । अर्का सञ्चालक रामचन्द्र संघईको नाममा ३७ लाख १७ हजार ७२१ कित्ता संस्थापक र १३ लाख ८५ हजार ३० कित्ता साधारण गरी ५१ लाख २ हजार ७५१ कित्ता सेयर रहेको छ ।

बैंकका निवर्तमान सञ्चालक राजेन्द्र प्रसाद अर्यालको नाममा ७२ हजार ८९६ कित्ता संस्थापक र ४० हजार ५०७ कित्ता साधारण गरी जम्मा १ लाख १३ हजार ४०३ कित्ता सेयर रहेको छ । सञ्चालक निकुञ्ज अग्रवालको नाममा १६ लाख ३ हजार ७४९ कित्ता संस्थापक र ४ लाख ५० हजार २५७ र ३ हजार ३८९ कित्ता साधारण सेयर गरी जम्मा २० लाख ५७ हजार ३९५ कित्ता सेयर रहेको छ । निर्वमान सञ्चालकहरू विनोद कुमार प्याकुरेलको नाममा ६१५ कित्ता, गणेशमान श्रेष्ठको नाममा ३७१ कित्ता, आदित्य कुमार अग्रवालको नाममा १४३ कित्ता साधारण सेयर रहेको छ ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेको नामम ५७५२ कित्ता साधारण सेयर रहेको छ भने नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेको नाममा १० हजार ७५५ कित्ता साधारण सेयर रहेको छ । अर्का नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीको नाममा ६ हजार ४०४ कित्ता, सहायक प्रमुख कार्यकारी अधिकृत द्वय राजेश रावलको नाममा ४ हजार ८२४ कित्ता र जयन्द्र रावलको नाममा ६ हजार ३५५ कित्ता साधारण सेयर रहेको छ ।

बैंकका प्रमुख प्रविधि अधिकृत बपिन राजभण्डारीको नाममा २३ कित्ता, प्रमुख कानुन अधिकृत दिनेश भारीको नाममा ७ हजार ३०७ कित्ता र कम्पनी सचिव दिपेन कार्कीको नाममा २ हजार ६४८ कित्ता सेयर रहेको छ ।

हाल एनआईसी एशिया बैंकको सञ्चालकमा रहेका केशब प्रसाद लम्साल र विजया स्वारको नाममा भने कुनै सेयर देखिदैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स