राष्ट्र बैंकको निम्तोमा के के हुन्छ छलफल ? बैंकहरूले यसरी राख्छन् आफ्ना समस्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग छलफल गर्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई याक एण्ड यति होटलमा दिउँसो ३ बजे बोलाएको छ ।

‘समसामयिक विषयमा’ भन्दै प्रमुख कार्यकारीहरूलाई निम्तो पठाएको छ । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरू पनि उपस्थित हुने छन् । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बोलाएको उक्त छलफल विशेषत ऋण रिकभरी र बढ्दो खराब कर्जाका विषयमा छलफल हुने राष्ट्र बैंक उच्च स्रोतले बताएको छ ।

आजको कार्यक्रममा विशेषत राष्ट्र बैंक नियमन विभागले पावर प्वाइन्टमार्फत बैंकहरूको वास्तविक अवस्था तथ्यांकले देखाएका चुनौतीको विषयमा देखाइने छ भने बैंक सुपरिवेक्षण विभाले बैंकको अवस्था र अभ्यासका बारेमा टिप्पणी गर्ने राष्ट्र बैंकले कार्यक्रम बनाएको छ ।

बैंकका प्रमुख कार्यकारीहरूले बैंकहरुको बढ्दो खराब ऋण, रोकिएको ऋण लगानी, महँगो ब्याज दरका,  रिकभरी हुन नसकेको कर्जा र यसले वित्तीय बजारमा पार्न सक्ने समस्याका वारेमा आफ्नो धारणा राख्ने छन् । हालको अवस्थाबाट बैंकहरू बाहिर निष्कन राष्ट्र बैंकले गर्नुपर्ने नीतिगत व्यवस्थाका वारेमा छलफल गर्ने बताइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स