काठमाडौं । महुली लघुवित्तले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घटाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने प्रस्तावित लाभांश घटाएको हो ।
लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो।
तर, राष्ट्र बैंकले अधिकतम १५ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेकोले अब बोनस सेयर र कर प्रयोजनको लागि गरि कुल १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार रहेको छ ।