नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा स्याङ्जा भिरकोटमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले स्याङ्जाको भीरकोट नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकको भीरकोट र वालिङ शाखाको संयुक्त आयोजना वडा नं ६ सुन्दरबजारमा अवस्थित बालोदय माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई अडियो भिडियो कक्षा मार्फत वित्तीय शिक्षा प्रदान गरिएको थियो। विद्यार्थीहरूलाई भीरकोट शाखाका शाखा प्रमुख कमल अधिकारी, वालिङ र भीरकोट शाखाका सम्बन्ध प्रबन्धकद्वय जीवन प्रकाश सापकोटा र सुनिल पाण्डेयले प्रशिक्षण दिएका थिए ।

ग्लोबल मनि विकको अवसरमा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको भीरकोट शाखा प्रमुख कमलकान्त अधिकारीले बताए। दैनिक एवं व्यवहारिक जीवनमा काम लाग्ने धेरै आर्थिक विषयवस्तुको बारेमा जानकारी पाउन पाएकोमा सहभागी विद्यार्थीहरूले खुशी व्यक्त गरेका थिए।औपचारिक वित्तीय संस्थामा आर्थिक कारोबार गर्नुपर्ने विषयमा धेरै कुरा सिक्न पाएको कक्षा ९ मा अध्ययनरत छात्रा रश्मि थापाले बताइन् ।

उनले भनिन् ‘बचत एवं अन्य आर्थिक कारोबार गर्दा भरपर्दो र विश्वाससिलो वित्तिय संस्थामा गर्नुपर्ने र डिजिटल बैंकिङ गर्दा ख्याल गर्नुपर्ने कुराहरू पनि सिक्न पाएकोमा खुशी छु ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स