कृषि विकास बैंकको आयोजनामा पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं ।’Learn.Save.Earn’ स्थायी नाराका साथ हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको एघारौं संस्करणर ‘प्यान योर मनि, प्लान योर फिउचर’ भन्ने नाराका साथ यस वर्ष मार्च ६ देखि १२ सम्म देशभर बैंक तथा वित्तीय संस्थाहरुको प्रत्यक्ष संलग्नतामा वित्तीय साक्षरता कार्यक्रमका साथ मनाइदैछ । यसै क्रममा कृषि विकास बैंक, गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा पोखराको गुरुकुल विद्या सदन नयाँबजार पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

त्यस विद्यालयमा कक्षा ११ मा विज्ञान मुख्य विषयलिई अध्ययनरत विद्यार्थीहरुलाई कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रेम कुमार श्रेष्ठ र नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक आर्या जोशीले वित्तीय साक्षरता सम्बन्धमा प्रशिक्षण दिइएको हो ।

सो कार्यक्रममा विद्यार्थीहरूलाई बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्व र बचतलाई आफ्नो आवश्यकताअनुसार बैंकको विभिन्न किसिमका खातामा जम्मागर्ने, यसले पार्ने सकारात्मक प्रभाव, बैंकले उपलब्ध गराउने कर्जाका प्रकारहरू र कृषि विकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिमका अतिरिक्त विभिन्न डिजिटल प्रडक्टहरू र त्यसको उपयोगिता का अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

गण्डकीप्रदेश कार्यालय पोखराका निर्देशक प्रकाश कँडेलको अध्यक्षता, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशीको प्रमुख आतिथ्यता र कृषिविकास बैंक मुख्य कार्यालयका उपमहाप्रबन्धक प्रेम कुमार श्रेष्ठको विशिष्ट आतित्थता रहेको उक्त कार्यक्रममा प्रदेश कार्यालय पोखराका बरिष्ठ शाखा प्रमुखहरु कृष्ण कुमारी पौडेल, महेश पौडेल, भिम सुवेदी लगायत अन्यकर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा उपमहाप्रबन्धक श्रेष्ठबाट नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशी र गुरुकुल विद्यासदका प्राचार्य नारायण आचार्यलाई बैंकको तर्फबाट मायाको चिनो प्रदान गर्नु भएको थियो भने बैंकको नयाँबजार शाखा कार्यालयका प्रबन्धक हिमलाल श्रेष्ठको नेतृत्वमा उपस्थित कर्मचारीहरुले विद्यार्थीहरुको बैंक खाता खोल्ने काम समेत गर्नु भएको थियो भने अनलाइन खाता खोल्न पनि सिकाइएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स