राष्ट्र बैंकले सार्वजनिक गर्यो २०८० साल बैंक बिदाको सूची, कति दिन हुँदैछ बिदा (सूची सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक बिदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको जनशक्ति विभागले २०८० सालमा हुने बैंक बिदाको सूची सार्वजनिक गरेको हो ।

बैंकले शनिबार बाहेक ३५ दिन बिदा कायम गरेको छ ।

कार्यालय समय
१. २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म
२. २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय समय कायम गरिएको छ ।

३.प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म कार्यालय समय कायम गरिएको छ ।

बैंकिङ कारोबार समय
१. २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म
२. २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म कायम गरिएको छ ।

प्रदेश सरकारले आ(आफनो प्रदेशमा घोषणा गरेको सार्वजनिक बिदाका दिन बढीमा ६ दिन सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक बिदा हुने छ । काठमाडौं उपत्यकाको हकमा भने गृह मन्त्रालयको निर्णय बमोजिम हुने राष्ट्र बैंकले जनाएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/03/rastra-bank-holiday.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स