काठमाडौं । कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सञ्चालक समितिको असोज ७ गते बसेको ३१५ औं बैठकले १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफा-नोक्सन बाँडफाँट हिसाब तथा अन्य वितरण योग्य कोषहरु समेतबाट सेयरधनीलार्य १८.५० प्रतिशत बनोस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत लाभांश सञ्चालक समितिबाट पारित गरेको हो ।
लाभांश लागि नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसँगै साधारणसभामा प्रस्ताव पेश गरिने छ । साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिने छ ।
हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार रुपैयाँ छ ।