बैंकहरूमा एकै दिन ३ अर्बले बढ्यो निक्षेप संकलन

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै गएको छ । सोमबार एकै दिन बैंक तथा वित्तीय संस्थामा ३ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । आइतबार चैत ४ गते ५४ खर्ब ४ अर्ब रहेको कुल निक्षेप संकलन सोमबार ५ गते बढेर ५४ खर्ब ७ अर्ब पुगेको छ ।

णिज्य बैंकको निक्षेप बढ्दा अन्यको भने घटेको छ । सो निक्षेप संकलनमा वाणिज्य बैंकको निक्षेप घटेको ४ अर्ब रुपैयाँले बढेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप १ अर्बले घटेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह पनि १ अर्बले घटेको छ । चैत ४ गते आइतबार ४८ खर्ब १३ अर्ब रहेको कर्जा प्रवाह चैत ५ गते १ अर्बले घटेर ४८ खर्ब १२ अर्बमा सीमित भएको छ ।

५ गते वाणिज्य बैंकहरूले १ अर्ब रुपैयाँ कर्जा उठाएका छन् । आइतबार ४२ खर्ब ७१ अर्ब रहेको कर्जा प्रवाह सोमबार आईपुग्दा ४२ खर्ब ७० अर्ब रुपैयाँ कर्जामात्रै कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विकास बैंक तथा अन्य वित्तीय संस्थाको कर्जा प्रवाहमा भने त्यस दिन कुनै कर्जा प्रवाह नभएको देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा सुधार देखिएसँगै बैंकहरूको सीडी रेसियो पनि घटेको छ । सोही कारणले बैंकहरूको सीडी रेसियो पनि घटेको छ । सोमबार बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८५.६४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

बैंकहरूमा तरलता थुप्रिदा इन्टरबैंकको ब्याजदर पनि घटेर ७.२० प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स