निफ्राको संचालक पदबाट चन्द्र ढकालले दिए राजीनामा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)का संचालक चन्द्र प्रसाद ढकालले राजिनामा दिएका छन् ।

आइएमई ग्रुपको तर्फबाट प्रतिनिधित्व गर्ने ढकालको पछिल्लो समय कार्यव्यवस्तता बढेको कारण समय अभाव भएकोले निफ्राको संचालक पदबाट राजिनामा दिएका हुन् ।

बैंकको चैत ७ गते बसेको संचालक समितिले चैत ८ गतेदेखि लागू हुनेगरी उनको राजिनामा स्वीकृत गरेको हो ।

साथै उनको राजिनमा पश्चात् संचालक समितिको अध्यक्षमा विशाल ग्रुपका अनुज अग्रवाल र अन्य सदस्यहरुमा नेपाल सकारको तर्फबाट श्रीकृष्ण नेपाल, इमर्जिङ नेपालको तर्फबाट लालमणी जोशी, स्वतन्त्र संचालकमा शंकर प्रसाद अधिकारी र सर्वसाधारण सेयरधनीको तर्फबाट सुमन पोखरेल र लिला अधिकारी आचार्य रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स