१ महिनामै १० अर्ब ७३ करोडले बढ्यो सहुलियत कर्जा, ऋण उपयोग गर्नेमा ६० हजार महिला

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउन १ मामात्रै १० अर्ब ७३ करोड ५० लाखले सहुलियतपूर्ण कर्जा उपयोग भएको छ । गत असारमसान्तसम्म १ खर्ब ६१ अर्ब ४३ करोड ६२ रहेको सहुलियत कर्जाको उपयोग साउन १ महिनमै बढेर १ खर्ब ७२ अर्ब १७ करोड १४ लाख रुपैयाँ पुगेको हो । सो कर्जामध्ये २ अर्ब ५१ करोड ८२ लाख बिनाधितोको कर्जा हो भने १ खर्ब १० अर्ब २२ करोड ८३ लाख धितो जमानीमा दिइएको कर्जा हो ।

चालु आर्थिक साउनसम्म ६० हजार ३२२ महिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ५५ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा लिएका छन् । साउन महिनमामात्रै ४ हजार ७ सय ८१ महिना उद्यमी थपिएका छन् भने करिब ५ अर्ब कर्जा पनि उपयोग भएको छ ।

गत असारमा महिला उद्यमी शीर्षकमा ५५ हजार ५५१ जना महिलाले ५० अर्ब ९८ करोड ४४ लाख रुपैयाँ मात्र कर्जा लिएका थिए । सरकार सहुलियतपूर्ण कर्जा सञ्चालन गर्ने भनेको १० शीर्षकमध्ये संख्याको हिसावले सबैभन्दा बढी कर्जा महिला उद्यमीले लिएका छन् ।

साउनसम्म व्यवसायिक कृषि तथा तथा पशुपन्छी कर्जामा १ खर्ब १२ अर्ब ७४ करोड ६६ लाख कर्जा भएको छ । यो पुरानै कर्जा हो । राष्ट्र बैंकले २०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान दिने कार्यक्रम २०७३ मै आएको हो । पछि यो कर्जालाई पनि सरकारले सहुलियत ब्याजदरको कार्यविधिअनुसार समेटेर एकीकृत कार्यक्रम बनाएको थियो । सहुलियत दरको कर्जामा बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम (ब्याजदर) थप गर्न पाउँछन् ।

राष्ट्र बैंकका अनुसार गत साउनसम्म करिब १ लाख ११ हजार ४७१ ऋणीले सहुलियत कर्जा सुविधा लिएका छन् । गत असारसम्म १ लाख ४ हजार १०९ जनामात्रै यस्तो कर्जा उपयोग गर्ने ऋणी थिए ।

सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जासहित ७ प्रकारका कर्जाका लागि ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिँदै आएको थियो ।

पछि कार्यविधि संशोधन गरी कपडा उद्योग र सीटीईभीटीलाई पनि जोडेर नौ प्रकारको कर्जा कार्यक्रम बनाइयो । यसपछि फेरि युवा स्वरोजगार शीर्षक पनि थपेर सहुलियत ब्याजदरको कर्जा १० प्रकारको बनाइएको छ । यी सबै कर्जाको शीर्षका गत असारको तुलनामा कर्जा उपयोग बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स