७ महिनामा कमिशन वापत नै बैंकहरूले कमाए करिब १५ अर्ब (कुन बैंकको कमाइ कति ?)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कमाइ के केबाट हुन्छ त ? हामी सहजै आम्दानीको स्रोत खोतल्न सक्छौं । बैंक तथा वित्तीय संस्थाले विभिन्न शीर्षकबाट गर्ने कमाइमध्ये कमिशन तथा छुट पनि एक हो । बैंक तथा वित्तीय संस्थाहरूले चालु आवको साउनदेखि माघ महिनासम्म कमिशन वापत १४ अर्ब ८९ करोड ७० लाख रुपैयाँ कमाएका छन् ।

गत आवको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाको यस्तो कमाइ १५ अर्ब ७०करोड रुपैयाँ थियो । गत आवको पुसको भन्दा माघमा बैंक तथा वित्तीय संस्थाको कमाइ १३.१२ प्रतिशतले बढेको थियो । यो आर्थिक वर्षको सोही अवधिमा भने यस्तो कमाइ १६.८८ प्रतिशतले बढेको छ ।

बैंकहरूले कुनै पनि सेवा प्रदान गर्दा लिने कमिशन वा छुट वापत सो रकम कमाइ गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । पुस महिनासम्म यस्तो कमिशन वापत बैंक तथा वित्तीय संस्थाहरूले १२ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेका थिए । गत आर्थिक वर्ष भरिमा बैंक तथा वित्तीय संस्थाहरूको यस्तो कमाइ २७ अर्ब २५ करोड रुपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई दिएको छुट तथा कमिशनवापतको कमाइमा ठूलो हिस्सा वाणिज्य बैंकहरूको रहेको छ । वािणज्य बैंकहरूले चालु आवको यो अवधिमा १४ अर्ब ३२ करोड रुपैयाँ कमाइ गरेका छन् । गत आवको सोहि अवधिमा वाणिज्य बैंकहरूको यस्तो कमाइ १४ अर्ब ४१ करोड रुपैयाँ थियो ।

विकास बैंकहरूले भने चालु आवको माघमहिनासम्म ४८ करोड ५० लाख रुपैयाँ कमाएका छन् । गत आवको सो अवधिमा उनीहरूको यस्तो कमाइ ६३ करोड रुपैयाँ थियो । विकास बैंकले कमिशन वापत ८ करोड ९० लाख रुपैयाँमात्रै कमाएको छ । गत आवका सोही अवधिमा फाइनान्स कम्पनीहरूले १५ करोड २० लाख रुपैयाँ कमिशन वापत कमाएका थिए ।

 

Bank Name  Commission/ Discount
NBL                         503.18
RBB 129.93
NABIL                      1,205.75
NIBL                         779.28
SCBNL                         712.34
HBL                         507.86
NSBI                         748.73
EBL                         701.48
NIC                      1,560.89
MBL                         749.07
KUMARI                         389.24
LAXMI                         356.80
SBL                         896.35
ADBNL                         433.30
GLOBAL                      1,417.08
CITIZEN                         561.12
PRIME                         538.67
SUNRISE                         399.00
NMB                      1,079.67
PRABHU                         368.23
CBL                           96.85
SANIMA                         189.43

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स