काठमाडौं । कृषि विकास बैंकको नयाँ शाखा प्यूठानको विजुवारमा खुलेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र प्युठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
यस शाखा मार्फत बैंकले सम्पूर्ण सेवा दिने बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले जानकारी दिए । उनले बैंक नुन देखि सुनसम्मको कारोवार गर्ने भएकोले आर्थिक क्रियाकलापलाई चलायमान बनाई राख्न स्थानीय सरकार समक्ष बैंक सदैव हातेमालो तथा सहकार्य गर्न तयार रहेको पनि बताए ।
आर्थिक क्रियाकलापलाई चलायमान बनाइ राख्न स्थानीय सरकार समक्ष बैंक सदैव हातेमालो तथा सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा नगरप्रमुख कक्षपतिले स्थापना कालदेखि सर्वसाधारणले रुचाएको स्थापीत पुरानो सरकारी वैंक कृषि विकास र्वैंकले प्रतिस्पर्धी वैंकहरुको भिडमा जनताको भावाना र चाहाना वमोजीम आफुलाई परिवर्तित गर्दै लैजानु पर्नेमा जोड दिए ।
कृषि विकास वैैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले वैंकले प्रदान गर्ने सेवा सुविधाको वारेमा जानकारी दिए । स्थानीयहरुको व्यापक सहभागिता रहेको उक्त उदघाटन कार्यक्रममा कृषि विकास वैंक लि.प्रदेश कार्यालय नेपालगंजका निर्देशक गिरीराज रेग्मी, प्युठान नगरपालिका उपप्रमुख शान्ता आचार्य, वडा अध्यक्ष लक्ष्मी प्रकाश भण्डारीको उपस्थिति रहेको थियो
त्यसरी नै कार्यक्रमा प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपति, होटल व्यवसायी संघ प्यूठानका अध्यक्ष गज वहादुर थापा, निर्माण व्यवसायी संघ प्युठानका अध्यक्ष पशुपति नारायण नकर्मी, कृषि विकास बैक लि.शाखा खलंगा र शाखा भृगीका कर्मचारीहरुको सहभागीता रहेको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए ।