यी ३ तरिकाबाट हेर्नुस् बिपिडब्लु लघुवित्तको आईपीओको नतिजा

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ।

बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको कार्यालयमा आज बिहान ११ बजे आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।

आईपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी ३ तरिकाबाट हेर्न सकिने छ ।

१.बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट: https://megacapitalmarkets.com/,
२. सिडीएससीको मेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट :  iporesult.cdsc.com.np/

मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीको आईपीओमा १४ लाख ५९ हजार ७८४ आवेदकले कुल १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमा १४ लाख ५८ हजार २७८ आवेदकबाट परेको १ करोड ५७ लाख १६ हजार ७६० कित्ता सेयर खरिद आवेदन सदर भएको छ भने १ हजार ५०६ आवेदकबाट परेको १९ हजार ५० कित्ता सेयर खरिद आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण उक्त आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ८ हजार ९५ जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये १४ लाख ५० हजार १८३ को हात खाली भएको छ।

कम्पनीले गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा १० प्रतिशलते हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकिएको थियो भने १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखी बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन दिएका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स