राष्ट्र बैंकद्वारा विजय लघुवित्त र नयाँ सारथी लघुवित्तबीचको मर्जरलाई सैद्दान्तिक सहमति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकले विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त बीचको मर्जरलाई सैद्दान्तिक सहमति प्रदान गरेको छ ।

दुईसंस्थाबीच एक आपसमा गाभ्ने।गाभिने (मर्जर) सम्बन्धी भएको समझदारीको आधारमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रदान भएको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र मर्जरसम्बन्धी विनियमावली, २०७३ बमोजिम यी दुई कम्पनीलाई एकआपसमा गाभ्ने।गाभिने (मर्जर) को लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

यी दुवै संस्थाबीच मंसिर २६ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

विजय लघुवित्तको गैंडाकोट नवलपरासीमा केन्द्रीय कार्यालय रहेको छ भने नयाँ सारथी लघुवित्तको दमौली तनहुँमा केन्द्रीय कार्यालय रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स