नबिल सक्षम कर्जाः बीमाको सुविधासहित १ करोडसम्म ऋण पाइने

काठमाडौं । नयाँ उद्योग तथा व्यवसाय सुरुवात तथा विस्तार गर्नेलगानीकर्तालाई लक्षित गर्दै नबिल बैंकल ‘नबिल सक्षम कर्जा’ प्रडक्ट ल्याएको छ । बैंकले साना तथा ठूला उद्योग तथा व्यवसाय गर्न चाहनेहरूको लागि सस्तो ब्याजदरमा लगानी गर्ने गरी उक्त प्रडक्ट ल्याएको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव र ब्याजदर उच्च भएका बेला नबिल बैंकले भने नबिल सक्षम कर्जामार्फत् कर्जा लगानी गर्न लागेको हो ।

बैंकबाट ऋण लिएर व्यापार तथा उद्यम सञ्चालन गर्ने नवप्रवर्तन तथा उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेका लगानीकर्तालाई लक्षित गरी सक्षम कर्जा प्रडक्ट ल्याएको हो । यस प्रडक्ट अन्तर्गत स्टार्टअपले पनि कर्जा लिन पाउनेछन् ।

बैंकबाट ऋण लिएर व्यवसाय सुरुवात गर्ने लगानीकर्तालाई लक्षित यो प्रडक्ट ल्याइएको हो, यस प्रडक्टले नयाँ र पुराना दुवै प्रकारका लगानीकर्तालाई समेट्ने नबिल बैंकले जनाएको छ । यस प्रडक्ट मार्फत् धितो मूल्यांकन ८० प्रतिशतसम्म बैंकले कर्जा दिनेछ । हालसम्म २ सयभन्दा बढीले नबिल सक्षम कर्जामार्फत् ऋण लिएका छन् ।

नबिल सक्षम कर्जा कार्यक्रम अन्तर्गत न्यूनतम १५ लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्म सीमा तोकिएको छ । सहजै कर्जा सुविधासँगै निःशुल्क क्रेडिट कार्ड, एसएमएसमार्फत् निःशुल्क कारोकार अलर्ट, निःशुल्क मासिक बैंक स्टेटमेन्ट र नबिल केयरद्वारा घातक रोगको बीमा सुविधा प्रदान गर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स