एकै दिन ३० प्रतिशतले सेयर मूल्य घटेपछि स्वीटजरल्याण्डको क्रेडिट स्वीज बैंकमा पनि समस्या, तत्काल ५४ बिलियन डलरको खोजी

काठमाडौं । अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट उल्टिएको एक साता बित्न नपाउँदै युरोपका बैंकहरूमा पनि समस्या देखिन थालेको छ । स्वीटजरल्याण्डको क्रेडिट स्वीज बैंकको सेयर मूल्य एकै दिन ३० प्रतिशतले घटेपछि बैंक समस्याग्रस्त बन्न पुगेको छ ।

बैंक समस्यामा परेपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार जेनेभास्थित स्वीस इन्फोका अनुसार स्वीस सेन्ट्रल बैंकले क्रेडिट स्वीसका लागि आवश्यक तरलता सहयोग गर्न तयार रहेको जनाएको छ । हाल उक्त बैंकको समस्या समाधान गर्न स्वीस सेन्ट्रल बैंकले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

क्रेडिट स्वीसको सेयर बजारमा क्र्यास आएसँगै अब तरलता समस्या आउन सक्ने भन्दै विभिन्न चरणमा छलफल सुरु भएको छ । स्वीस सेन्ट्रल बैंकले आवश्यक तरलता सहयोग सहित सबै सहयोग गर्न तयार रहेको जनाएको छ ।

सेयरको मूल्य लगातार घट्ने क्रम रोकिएको छैन । स्वीस क्रेडिटमा गम्भिर समस्या उत्पन्न भएपछि युरोपभरिका बैंकिङ क्षेत्रमा संकट आउन सक्ने हल्ला फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

साउदी नेशनल बैंकको ९.८८ सेयर रहेको क्रेडिट स्वीसका लागि मध्यपूर्वबाट आउनसक्ने सहयोगबारे साउदीस्थित हेडक्वाटरले स्पष्ट पारेपछि झनै तनाव बढेको छ ।

बैंकको लगानी नीतिका कारण क्रेडिट स्वीस बैंकका लागि थप लगानी गर्न सकिने जनाएको छ । साउदी नेशनल बैंकले १० प्रतिशतभन्दा माथि जान नमिल्ने नीतिका कारण थप पुँजी लगानी असम्भव भएको प्रतिक्रिया दिएसँगै बैंकको समस्या झनै बढ्न पुगेको छ ।

अमेरिकामा दुई बैंक टाट पल्टिएसँगै विश्वभरका बैंकिङ सिष्टमले कडा चुनौतीको सामना गरिरहेको छ । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकामा दुर्ई डुबेसँगै तनावमा रहेका विश्वभरका बैंकहरुलाई थप तनाव दिने गरी युरोपको क्रेडिट स्वीस समस्यामा परेसँगै अब युरोपका बैंकहरुको सुरक्षा चिन्ता बढेको छ ।

क्रेडिट स्वीस समस्यामा पर्नुमा आन्तरिक व्यवस्थापन र सही रिपोर्टिङ नभएको अमेरिकी सञ्चार माध्यम सिएनएनले जनाएको छ । ब्लुमबर्गका अनुसार समस्याग्रस्त क्रेडिट स्वीसका लागि तत्काल ५४ बिलियन तरलता आवश्यक पर्नेछ ।

५४ बिलियन डलर भनेको नेपाली रुपैयाँ करिब ७१ खर्ब रुपैयाँ क्रेडिट स्वीसका लागि आवश्यक परेको छ । स्वीस नेशनल बैंकको जम्मा ५० बिलियन स्वीस ऋण उपलब्ध गराउन सक्ने जनाएको छ । क्रेडिट स्वीसलाई बचाउन अझै ठूलो मात्रामाा रकम अभाव रहेको देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स