क्रिकेट खेलाडीलाई एनएमबि बैंकले सम्मान स्वरुप जनही २१ हजार प्रदान गर्ने घोषणा

काठमाडौं । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही २१ हजार प्रदान गर्ने घोषणा गरेको छ । एनएमबि बैंकले क्रिकेट खेलाडीलाई हौसला र सम्मान स्वरुप सो प्रदान गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए ।

‘खेलाडीहरु राष्ट्रका गौरव हुन। खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ।’

२०१९ देखि शुरु भएको यस विश्व क्रिकेट लिग–२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल भोली हुन गईरहेको फाइनल म्याचमा युएआइसँग भिडदैछ ।

भोलिको खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ। यो नगद पुरस्कारले पनि भोलिको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।
सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खाता मार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स