महिलाले एक स्वरमा भने, ‘लघुवित्त हाम्रो सहारा हो’

गैंडाकोट । गैंडाकोटका लघुवित्त संस्थामा आवद्ध महिलाहरुले लघुवित्त आफ्नो सहारा भएको बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले आयोजना गरेको वित्तीय साक्षरता राष्ट्रिय अभियान एवं सचेतना ¥यालीमा गाउँगाउँबाट आएका महिलाहरुले लघुवित्त महिलाहरुको आड एवं भरोसाको माध्यम समेत रहेको बताएका हुन्।

गैंडाकोट नगरपालिका क्षेत्रमा कार्यरत १३ वटा लघुवित्त संस्थामा आवद्ध लघुवित्तकर्मी एवं सदस्यहरुले भृकुटीचोकदेखी कार्यक्रमस्थल फेम्ली क्याफेसम्म ¥याली समेत निकालेका थिए ।
गाउँगाउँबाट आएका लघुवित्तकर्मी एवं ऋणी सदस्यहरुले ‘उद्यमी बन्न बढाऔं हाम्रो हात, लघुवित्त वित्तीय संस्थाले दिईरहनेछन् हाम्रो साथ’, जबसम्म लघुवित्त वित्तीय संस्था रहन्छ, हाम्रो व्यवसाय चलिरहन्छ’, ‘लघुवित्त हामीलाई चाहिन्छ, लघुवित्त हाम्रो साहारा हो’, ‘वित्तिय अराजकता बन्द गर’, ‘प्रतिस्पद्र्धामा ऋण नलिउँ’, ‘कर्मचारीको जीउधनको सुरक्षा गर’, ‘लघुवित्तकर्मी जनताका सेवक हुन्’, ‘लिएको कर्जाको सहि सदुपयोग गरौं’ लगायतका प्लेकार्ड बोकेका थिए ।

¥यालीपछि आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसीले आफ्नो श्रीमानका नाम समेत नलिने पुरुष प्रधान देशमा महिलाको व्यक्तित्व विकासका लागि लघुवित्तको ठूलो योगदान रहेको बताए । गलत ढंगले जनता परिचालन गर्दा ठूलो क्षति व्यहोर्नुपर्ने तर्क गर्दै उनले ऋण मिनाहाका विषयमा भने, ‘एक दुई जना मान्छेले आफु हिरो हुनलाई गरेको प्रपञ्च हो, यसमा दिग्भ्रमित कोही हुन आवश्यक छैन ।’ ऋण मिनाहा हुने भए आफु सदस्य बन्न तयार रहेको जनाउँदै खाएको ऋण कहिल्यै मिनाहा नहुने भएकाले आफवाहमा नलाग्न आग्रह गरे ।

्गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले आवश्यक ऋण लिने र समयमा तिर्ने गर्दा समस्या नआउने बताए । लागानीकर्तालाई समेत उनले मर्यादित र व्यवस्थित रुपमा लगानी गर्न आग्रह गर्दै सदस्यलाई सक्षम बनाउन संस्थाले ध्यान दिनुपर्ने बताए ।

गैंडाकोटका नगर उपप्रमुख शान्ति कोइरालाले लघुवित्तमा महिला बढी आवद्ध रहेको जनाउँदै उनीहरुको आर्थिक, राजनीतिक एवं सामाजिक स्तर माथी उकास्न एवं सशक्तिकरणका लागि लघुवित्त सारथी बनेको बताए । सदस्यलाई ऋणीको रुपमा नभई परिवारको सदस्यका रुपमा हेर्न वित्तीय संस्थालाई उनको आग्रह थियो ।

नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले लघुवित्तले सहजरुपमा गाउँमा नै पुगेर सजिलो तवरबाट ऋण लगानी गर्दा सदस्यले धेरै पैसा लिएको र त्यस्को सदुपयोग गर्न नजान्दा अहिले समस्या आएको तर्क गरे । कोभिड, वर्तमान आर्थिक मन्दि पनि कारक भएको जनाउँदै उहाँले सदस्यलाई सहज गराउन केही समय दिन सकिने तर त्यस्का लागि राष्ट्र बैंकले अनुमति दिनुपर्ने बताए ।

लघुवित्तले नियम विपरितका कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उनको आग्रह छ । लघुवित्त संस्था खारेज गर भन्नुको अर्थ र विकल्पबारे प्रश्न गर्दै उनले भने, ‘लघुवित्त वित्तीय संस्थाहरुले बढी ब्याज लिएको भन्ने यथार्थ होइन् ।’ उनले अहिले १५ प्रतिशत ब्याज र १.५ प्रतिशत सेवा शुल्क लिएको जनाउँदै त्यो भन्दा बढी लिएको भए संघमा खबर गर्न आग्रह गरे ।

नेपाल लघुवित्त बैंकर्स संघका सचिव केशव पौडेलले घरको चुल्हो चौकामा सिमित महिला बाहिर निकाल्न लघुवित्त सहयोगी बनेको बताउँदै अब अझै वित्तीय साक्षरता प्रदान गर्ने बताए । लघुवित्तको क्षेत्रमा देखिएका समस्या समाधानका लागि राष्ट्र बैंक र सरकारसँग समेत छलफल भइरहेको बताउँदै साक्षरता अभियानले सहज वातावरण बनाउने विश्वास व्यक्त गरे ।

विजय लघुवित्त वित्तीय संस्थाका सञ्चालक खेमराज सापकोटाले वित्तीय कारोबार हरेक नागरिकका लागि आवश्यक भएको तर त्यस्को व्यवस्थापन महत्त्वपूर्ण कुरा रहेको बताए । बाणिज्य बैंक र राष्ट्र बैंकले कम ब्याजमा ऋण दिने हो भने लघुवित्तले अझै कम गर्न सक्ने उनको तर्क थियो । नेपाल लघुवित्त बैंकर्स संघका सदस्य प्रविणकुमार लामाले लघुवित्त बिना ग्रामिण क्षेत्रमा आर्थिक कारोबार ठप्प हुने बताउँदै समुदायमा भएको भ्रम हटाउन जरुरी रहेको बताए ।

लघुवित्तका ऋणी एवं सदस्यहरुका तर्फबाट बोल्दै राधिका उपाध्यायले संस्थाले पैसा मात्र उठाउने नीति मात्र नभई सदस्यको व्यवसाय सफल बनाउनतर्फ ध्यान केन्द्रीत गरी सीप सिकाउन आग्रह गरे । अर्का सदस्य कल्पना पन्तले ‘लघुवित्त छ त हामी छौं, हामी छौं त लघुवित्त छ’ भन्दै सकेसम्म ब्याजदर र सेवा शुल्क कम गर्न आग्रह गरे ।

अर्का सदस्य कमला शर्माले लघुवित्तमा आवद्ध भएपछि स्थानीय तहका नेतृत्व तहमा महिला सक्रियता बढेको बताए । उनीहरुले ऋण लिएपछि स्वभाविक रुपमा तिर्नुपर्ने बताउँदै गाह्रो भएका लघु उद्यमीका सवालमा ठोस निर्णय गर्नुपर्ने बताएका थिए ।
महुली लघुवित्त गैंडाकोट शाखा प्रमुख एकनाथ कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको सहजिकरण लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष युवराज गौतमले गरेका थिए ।

लघुवित्त संस्थाहरुसँग आवद्ध सदस्यहरुका लागि नेपाल लघुवित्त बैंकर्स संघले गत शनिबारदेखी चितवनबाट वित्तीय साक्षरता राष्ट्रिय अभियान शुरुवात गरेको हो । संघले अन्य जिल्लामा समेत क्रमिक रुपमा अभियान सञ्चालन गर्ने जनाएको छ । देशभर लघुवित्तमा ३३ लाख सदस्य ऋणी रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स