काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले सो योजनामार्फत दुई करोड रुपैयाँसम्मको कर्जा दिने जनाएको छ । यो योजनाअन्तर्गत कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले बैंकको जुनसुकै शाखा कार्यालयहरूमा सम्पर्क राखेमा तीन दिनभित्रै कर्जा उपलब्ध गराइने पनि बताइएको छ ।
बैंकले २ करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु कागजात पुरा गरेको तीन दिनमै दिने जनाएको छ ।
मुक्तिनाथले ल्याएको यो योजना बजारमा देखिएको तरलता संकटका बेला आम कर्जा लिन ग्राहकहरू छिटो र सहज ढंगबाट प्राप्त गर्ने बैंकले जनाएको छ ।