राष्ट्र बैंकद्वारा स्वरोजगार र समता घरेलु लघुवित्तलाई मर्जरमा जानको लागि सैद्दान्तिक सहमति प्रदान

काठमाडौं । स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तलाई मर्जरको लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको छ। फागुन २८ गते राष्ट्र बैंकले यी दुई लघुवित्तलाई मर्जरमा जानको लागि सैद्दान्तिक सहमति प्रदान गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र मर्जरसम्बन्धी विनियमावली, २०७३ बमोजिम यी दुई कम्पनीलाई एकआपसमा गाभ्ने।गाभिने (मर्जर) को लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

यी दुई लघुवित्तको काभ्रेपलाञ्चोक जिल्लामा केन्द्रीय कार्यालय रहेका छ । बनेपा नगरपालिका ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र बनेपा नगरपालिका वडा नम्बर ५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त एक आपसमा मर्ज हुन लागेका हुन् ।

योसँगै, अब दुवै कम्पनीले आ-आफ्नो कम्पनीको साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेर अन्तिम स्वीकृतिको लागि राष्ट्र बैंकमा संयुक्त निवेदन पेश गर्नु पर्ने छ । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि एकिकृत कारोबारको लागि बाटो खुल्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स