तीन लघुवित्तको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन लघुवित्तको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मनकामना स्मार्ट लघुवित्त, समता घरेलु लघुवित्त र आरएमडीसी लघुवित्तको सेयर मूल्य समायोजन भएको हो ।

यी ३ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो ।

जसअनुसार, मनकामना स्मार्ट लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ७२५.५४ रुपैयाँ कायम हुनेगरि मूल्य समायोजन गरेको हो । आज कम्पनीको सेयर प्रतिकित्ता ७६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

समता घरेलु लघुवित्तको १५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ६३९.५७ रुपैयाँ कायम हुनेगरि मूल्य समायोजन गरेको हो । आज कम्पनीको सेयर प्रतिकित्ता ७३५.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

त्यस्तै, आरएमडीसी लघुवित्तको २६ प्रतिशत बोनस सेयरमा सेयरमूल्य समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ७३८.२५ रुपैयाँ कायम हुनेगरि मूल्य समायोजन गरेको हो । आज कम्पनीको सेयर प्रतिकित्ता ९३०.२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

योसँगै, अब भोलि समायोजित मूल्यअनुसार नै यी कम्पनीहरुको सेयर कारोबारमा आउने छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स