एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषण, बोनस र नगद कति ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन ३० गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाखको ८.५० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद लाभांस गरि कुल ८.९४७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्विकृती दिए पश्चात् र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स