काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्तको सेयर कारोबार रोक्का गरिदिएको छ । सोमबार नेप्सेले सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरिदिएको हो ।
यी दुई कम्पनीको फागुन ३० गते देखि लागू हुनेगरी सेयर कारोबार १५ दिनका लागि रोक्का भएको हो।
नेप्सेले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ अनुसार १५ दिनको लागि सेयर कारोबार रोक्का गरेको जनाएको छ ।
दुई लघुवित्त वित्तीय संस्थाहरुबीच मर्जर कार्य सम्पन्न भई फागुन ३० गते देखि एकिकृत कारोबार थाल्ने भएपछि सेयर कारोबार रोक्का गरेको हो ।
फागुन ३० गते देखि दुई संस्थाबीच मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्दैछ ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/03/11.pdf” cache=”off”]