कुमारी बैंकको ३ लाख २१ हजार कित्ताबढी सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको ३ लाख २१ हजार १ सय ४० कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो। ।

बैंकका केहि संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीको लागि निवेदन दिएपश्चात सो ३ लाख २१ हजार १ सय ४० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक सेयरधनी बालकृष्ण श्रेष्ठको ३ लाख १६ हजार १ सय ४० कित्ता र चन्द्र बहादुर खत्रीको ५ हजार २ सय ५४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

उक्तसेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाडौंको नागपोखरीस्थित कार्यालय र काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालयमा शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स