अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली टाट पल्टिएपछि नेपाल बैंकहरू कति सुरक्षित छन् भन्ने वहस सुरु भएको छ । अहिले संसारभर अमेरिकाको ठूला बैंकमध्ये एउटा बैंक ढलेकोले संसारभरि हल्ला खल्ला भएको छ । उक्त बैंक डुब्दा ठूला बैंकमा बढि रिक्स हुँदो रहेछ भनेर प्रमाणित भएको छ ।
मर्जर तथा एक्वुजिशन पछि नेपालका बैंक पनि ठूला भएका छन् । बैंक जति ठूला हुन्छन्, त्यति नै बढी रिक्स हुने पाठ सिलिकन भ्याली बैंकले हामीलाई सिकाएको राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरवहादुर थापाले बताए ।
‘ठूला बैंकमा समस्या आयो भने त्यसको असल अर्थतन्त्रमा ठूलै पर्छ भन्ने पाठ हामीले सिकेका छौं,’ उनले भने ‘त्यसैले कर्जाको विविधीकरण गर्नुपर्छ ।’ पोटफोलियो सन्तुलित बनाएर राख्न सकेमात्रै असल अभ्यास हुने र यसले संस्थागत सुशासन कायम हुन सक्छ ।
सिलिकन भ्यालीले पनि लगानीको पोटफोलियो मिलाउन नसक्दा डुबेको हो । नेपालमा पनि यो समस्या छ । हुन त अहिलेसम्म नेपाली बैंकको खराब कर्जा ठूलो आकारमा देखिएको छैन । यद्यपि नेपालका बैंकबाट भएको लगानी अर्थात कर्जाको वर्गीकरण सही नभएको अर्थात कर्जाको वैज्ञानिक वर्गीकरण नभएको भनेर आईएमएफले प्रश्न उठाइरहेको अवस्था छ ।
त्यसैले आईएमएफले भनेजस्तो कर्जा नोक्सानीको व्यवस्था गर्न सकियो भनेमात्रै नेपाली बैंकहरू जोगिने हुन् । उत्पादन दिने क्षेत्रमा लगानी गरेमात्रै त्यसबाट प्रतिफल आउने हो । पछिल्लो समय नेपालको कर्जा वर्गीकरण जोखिम उन्मुख भएको आईएमएफको अध्ययनले देखाएको छ । त्यहि भएर आईएमएफले बैंकको सम्पत्तिको अध्ययन गर्नुपर्छ भनेर राष्ट्र बैंकलाई सुझाइरहेको छ ।
आईएमएफले बैंकको नेपालका बैंकहरूले पनि पोटफोलियो म्यानेज गर्न नसकेर सिलिकन भ्यालीकै बाटो समात्छन् कि भन्ने आशंका पनि बढ्न थालेको छ । अनुत्पादक क्षेत्र मानिएको घरजग्गा, सेयर धितोकर्जा तथा सवारी अटो तथा आयातका लागि नेपाली बैंकहरूले ठूलो लगानी गरेको छन् । यस क्षेत्रको कर्जाबाट प्रतिफल आउँदैन । सेयर कर्जाबाट प्रतिफल आएपनि अन्य घरजग्गाबाट पुँजीगत लाभमात्रै आउने हो ।
अहिले उत्पादनमूलक भनिएका क्षेत्र नै आर्थिक संकटको अवस्थामा छन् । सिडी रेसियो ८६/८७ प्रतिशतमा छ । राष्ट्र बैंकले ९० प्रतिशत सिडी रेसियो राख्नु पर्ने व्यवस्था गरेको छ । ९० प्रतिशत सिडी रेसियो राख्दा पनि बैंकहरूमा अप्ठ्यारो पर्यो भने त्यसले पनि धान्न नसक्ने पूर्व ईडी थापाले बताए । अन्तर्राष्ट्रिय मान्यता अनुसार नेपालमा पनि ७५ देखि ८० प्रतिशतको सीडी रेसियो राख्दा भने केहि सहज महसुस गर्न सकिने उनले बताए ।
उनका अनुसार नेपालको अर्थतन्त्रमा ओभर फाइनान्सिक हो । अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन) को आकारभन्दा बैंकको निक्षेप बढी छ । ओभर फाइनान्सिङ भनेको संकटको सूचकांक हो । यसको असर अझ डरलाग्दो हुन्छ । बैंक ‘भिमकाय’ हुँदैमा सहज हुने होइन, यसले अझ जोखिम निम्त्याउँछ भन्ने हो । हामीले पोटफोलियो म्यानेज गर्दा ‘एभरेज कष्ट कर्भ’ कता जाँदैछ भनेर बहुत ख्याल गर्नुपर्ने उनले सुझाए ।
ठूला बैंकले चाहेर पनि राम्रोसँग पोटफोलियो म्यानेज गर्न सकिरहेका हुँदैनन् । कुन क्षेत्रमा कसरी कति लगानी छ भनेर केलाउन गाह्रो हुने उनले बताए । साना बैंकले सहजै यसको म्यानेज गर्न सक्ने उनको भनाइ छ ।
अमेरिकी बैंकमा प्रोजेक्ट फाइनान्सिङ हुन्छ प्रोजेक्ट डुब्यो भने बैंकले दिएको ऋण पनि डुब्छ । नेपालमा भने त्यस्तो अभ्यास त्यति छैन । यहाँ धितो राखेर कर्जा दिने गरिन्छ । यद्यपि अर्थतन्त्रमा मन्दी आयो भने त्यो धितोको कुनै काम हुँदैन ।
त्यति बेला कर्जाको मूल्य बढ्दै जान्छ र धितोका मूल्य घट्दै जान्छ । भलै घरजग्गामा गरिएको लगानी घट्दैन भन्ने हाम्रो मानसिकता होस् । तर, डेढ दुई वर्षसम्म पनि घरजग्गा बिक्री नै भएन भने के हुन्छ अवस्था, हामीले त्यतातिर पनि ध्यान पुर्याउन आवश्यक छ ।
कर्जा दिएपछि ब्याजमात्रै होइन सावा पनि उठाउनु पर्छ अर्थात ऋणीले सावा पनि तिर्नुपर्छ भन्छ । त्यसैले राष्ट्र बैंकले चालु पुँजी कर्जाको व्यवस्था गरेको हो । चालु पुँजी प्रकृतिको कर्जाले बैंकलाई डुबाउँछ भनेर नै राष्ट्र बैंकले केहि कडाइ गरेको हो । अहिले केहि रिल्याक्सेन दिइएको छ । यसमा रिक्स देखेर नै राष्ट्र बैंकले यो निर्देशिका ल्याएको हो ।
राष्ट्र बैंकले वेल आउट भएपछि मात्रै अन्तिम ऋणदाताको रुपमा सुविधा दिने हो । नेपाल त्यस्तो अभ्यास भएपनि अन्य धेरै मुलकमा त्यस्तो सुविधा छैन र त्यहि नभएको हुनाले अमेरिकाको ४० वर्षे इतिहास बोकेको बैंक कोल्याप्स भएको हो ।