६४ मध्ये ४८ लघुवित्तले गरे लाभाशं घोषणा, कसको कति ?

काठमाडौं । देशमा सञ्चालित ६४ लघुवित्तमध्ये ४८ वटाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने मुनाफा घोषणा गरिसकेको छन् । फागुन २८ गते आइतबारसम्म लाभांश घोषणा गर्ने यी संस्थाहरूले सबैभन्दा बढी ७६.८७ प्रतिशतदेखि न्यूनतम ४.२१ प्रतिशतसम्म सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेको ४८ लघुवित्तमध्ये ८ वटाको लाभांश ३० प्रतिशतभन्दा माथि, २२ वटा लघुवित्त वित्तीय संस्थाको लाभांश २० भन्दा माथि छ भने १२ वटा लघुवित्तको १० प्रतिशतमाथि र ६ वटाको सोभन्दा कम छ । दुई वटा लघुवित्त वित्तीय संस्थाले भने गत आवको सञ्चित मुनाफाबाट सेयर धनीलाई लाभांश नदिने घोषणा गरेका छन् । उन्नति र आरम्भ लघुवित्तले गत आवको मूनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका लघुवित्तमा सबैभन्दा बढी जाल्पाले र सबैभन्दा कम गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ । साथै, लाभांश घोषणा गर्ने ४८ लघुवित्तमध्ये सबैभन्दा धेरै बोनश सेयर जाल्पाले नै र सबैभन्दा नगद लाभांश सामुदायिक र डिप्रोक्स लघुवित्तले घोषणा गरेको हो । डिप्रोक्स र सामुदायिक लघुवित्तले ११.०५२६ प्रतिशत नगद लाभांश दिने घोषण गरेका छन् ।

नगद लाभांशबाट वितरण गर्ने घोषण गरेको एनआईसी एशिया लघुवित्तले भने १४.७५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त संस्थाले बोसन सेयर दिने प्रस्ताव गरेको छैन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ३.८५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

धेरै लाभांश वितरण गर्ने लघुवित्त कम्पनीहरुमध्ये दोस्रो नम्बरमा उपकार लघुवित्त रहेको छ । उपकार लघुवित्तले आव २०७८/०७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई ६१.७५ प्रतिशत बोनश सेयर र ३.२५ प्रतिशत नगद लाभांश गरी ६५ प्रतिशत लाभांश वितरण गर्न लागेको छ ।

त्यस्तै, तेस्रो नम्बरमा धेरै लाभांश महिला लघुवित्तले घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट सेयरधनीहरूलाई ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । संस्थाले चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनश सेयर र २.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नेशनल माइक्रोफाइनान्सले आव २०७८/०७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरूलाई कुल ३८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस लघुवित्तले चुक्त पुँजीको ३८.५ प्रतिशत बोनश सेयर मात्र वितरण गर्ने प्रस्ताव गरेको हो ।

जीवन विकास लघुवित्तले गत आवको मुनाफाबाट चुक्ता पुँजीको ९.३७ प्रतिशत नगद लाभांश र २८ प्रतिशत बोनश सेयर गरी कुल ३७.३७ प्रतिशत लाभांश घोषणा गरेको छ । आँधिखोला र सीवाईसी लघुवित्तले आव २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरूलाई कुल ३१.५८ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । यी दुबै संस्थाले ३० प्रतिशत बोनश सेयर र १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ लाभांश प्रस्ताव गरेका हुन् ।

यस्तै, फरवार्ड माइक्रो फाइनान्सले आव २०७८/०७९ को मुनाफाबाट कुल ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा २५ प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ ।

आरएमडिसी र साना किसान लघुवित्तले आव २०७८/०७९ ९को मुनाफाबाट कुल २७.३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् । यी दुई कम्पनीहरूले २६ प्रतिशत बोनस सेयर र १.३६ प्रतिशत (कर प्रयोनज सहित) नगद लाभांश दिने प्रस्ताव गरेका हुन् ।

छिमेक लघुवित्तले २५.२६ प्रतिशत, माहुली लघुवित्तले २५ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । जसमा छिमेकीको २२ प्रतिशत बोनस ३.२६ प्रतिशत नगद (कर प्रयोजनसहित) लाभांश रहेको छ भने, माहुलीको २० प्रतिशत बोनश ५ प्रतिशत नगद लाभांस रहेको छ ।

यस्तै, मिर्मिरे लघु्वित्तले २३ प्रतिशत र नेरुडे लघुवित्तले २३.१६ प्रतिशतको दरले लाभांश दिने प्रस्ताव गरेका छन् । मिर्मिरले लघुवित्तले आव २०७८/०७९  को मुनाफाबाट २३ प्रतिशत बोनश सेयर मात्रै दिने भएको हो । भने नेरुडेले २२ प्रतिशत बोनश सेयर र १.१५७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

विजय लघुवित्त, आशा लघुवित्त, आदर्श लघुवित्त, स्वालम्बल लघुवित्त र डिप्रोक्स लघुवित्तले समान दरका कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेका छन् । जसमा विजय, आशा र आदर्श लघुवित्तले २० प्रतिशत बोनश सेयर र १.०५ प्रतिशत नगद (कर सहित) लाभांश वितरण गर्ने गरेका हुन् भने, डिप्रोक्सले १० प्रतिशत बोनश ११.०५ प्रतिशत नगद र स्वालम्बन लघुवित्तले १५ प्रतिशत बोनश ६.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।

गत आवको मुनाफाबाट ९ वटा लघुवित्तले समान दरमा लाभांश घोषणा गरेका छन् । जसमा साधना लघुवित्त, मेरो माइक्रो फाइनान्स, कालिका लघुवित्त, लक्ष्मी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, नयाँ सारथी लघुवित्त, इन्फिनिटी लघुवित्त, निर्धान उत्थान लघुवित्त, र फस्ट फाइक्रो फाइनान्सले समानदरमा कुल २० प्रतिशतका दरले लभांश दिने प्रस्ताव गरेका हुन् ।

जसमध्ये साधना लघुवित्त, कालिका लघुवित्त, नयाँ सारथी लघुवित्त, निर्धन उत्थान लघुवित्त, फस्ट माइक्रो फाइनान्सले १९ प्रतिशत बोनश १ प्रतिशत नगद लाभांश दिन लागेका हुन् भने, मेरो माइक्रो फाइनान्सले १० प्रतिशत बोनश १० प्रतिशत नगद लाभांश, लक्ष्मी लघुवित्तले १५ प्रतिशत बोनश ५ प्रतिशत नगद, ग्लोबल आइएमई लघुवित्तले १२ प्रतिशत बोनश ८ प्रतिशत नगद र इन्फिनिटी लघुवित्तले २० प्रतिशत नै बोनश लाभांश दिने प्रस्ताव गरेका हुन् ।

गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट सबैको लघुवित्तले १८.९५ प्रतिशत र समता लघुवित्तले १८ प्रतिशत लाभांश नितरण गर्ने निर्णय गरेका छन् । जसमा सबैको लघुवित्तले कुल लाभांशको १८ प्रतिशत बोनश ०.९५ प्रतिशत नगद लाभांश वितरण गरेको हो भने, समता लघुवित्तले १५ प्रतिशत बोनश र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, मिथिला र जनता सामुदायिक लघुवित्तले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश सहित कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्न लागेको छन् । आव २०७८/०७९ को मुनाफाबाट आरएसडिसी लघुवित्तले ११ प्रतिशत, सर्पोट लघुवित्त र सिभिल लघुवित्तले ११.५८ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्, जसमा आरएसडिसीको ८ प्रतिशत बोनश सेयर ३ प्रतिशत नगद लाभांश रहेको छ भने, सर्पोट र सिभिलको ११ प्रतिशत बोनश र ०.५८ प्रतिशत नगद लाभांश रहेको छ ।

यस्तै, एनएमबि लघुवित्त र नेडेप लघुवित्तले १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेका छन् । यी दुई लघुवित्तले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १० प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनार्थका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हुन् । भने, गुराँस लघुवित्तले कुल ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश रहेको छ ।

साथै, मनकामना लघुवित्तले कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको वितरण योग्य मुनाफाबाट ४.७५ प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनार्थका लागि ०.२५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

गुराँस लघुवित्त वित्तीय संस्थाले गत आवको सञ्चित मुनाफाबाट कुल ४.२१०५ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । सो लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर हो भने ०.२१०५ प्रतिशत कर प्रयोजनका लागि छुट्याइएको नगद लाभांश हो ।

उन्नति सहकार्य लघुवित्तको सेयरधनीहरुको हात खाली हुने भएको छ । लघुवित्तको फागुन २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेसँगै सेयरधनीहरुको हात खाली हुने भएको हो ।

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यी ४८ वटा लघुवित्त कम्पनीहरुले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि कम्पनीहरूको साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गर्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स