बैंकको गलत निर्णयका कारण ४० वर्ष पुरानो सिलिकन भ्याली बैंक एक दिनमै यसरी टाट पल्टियो

काठमाडौं । सिलिकन भ्याली बैंक ४८ घण्टाको अन्तरालमै टाट पल्टिएको छ । बुधबारसम्म सिलिकन भ्याली बैंक राम्रो पुँजीकृत भएको बैंक थियो।

बैंकले पछिल्लो ४८ घण्टामा लिएको निर्णयहरूले बैंकलाई त्यो अवस्थामा पुर्याएको हो । बैंकले लिएको पछिल्लो निर्णय बैंकका लागि दुर्भाग्य बनेको छ भने बैंकको ४० वर्षे यात्रा समाप्त भएको छ । २०२२ को अन्तसम्म बैंकसँग कुल २०९ अर्ब डलर हाराहारी सम्पत्ति थियो।

बुधबार साँझ एक्कासी बैंकले आफ्नो वासलातलाई सुधार्न सवा २ अर्ब डलर उठाउनु पर्ने समाचार आयो र उक्त समाचारले लगानीकर्ताहरू आश्चर्यमा परेका थिए । सोही कारण निक्षेपकर्ताहरूले बिहीबार कार्यालय समयसम्म ४२ अर्ब डिपोजिट झिकिसकेका थिए। कारोबारको अन्त्यमा, बैंकको वासलात ९५ करोड ८० लाख डलर ऋणात्मक देखिएको थियो ।

बैंकले आफ्नो स्वामित्वमा रहेका सेयरहरू घाटा खपेरै बेचिसकेको थियो। थप २.२५ अर्ब डलर सेयर बेच्नुपर्ने घोषणा पनि सार्वजनिक गर्यो यस अघि बैंकले घाटा बेहोरेरै १.८ अर्ब डलर बराबरको बन्डहरू बेचेको उल्लेख गरेको छ ।

बैंकको असफलता अमेरिकी आर्थिक इतिहासमा दोस्रो ठूलो घटना हो। जुन २००८ को वित्तीय संकटपछिको सबैभन्दा ठूलो मानिएको छ । सन् २००८ मा वासिङटन म्युचुअल पछिको इतिहासमा दोस्रो सबैभन्दा ठूलो अमेरिकी बैंक विफलता हो। यसले विश्वव्यापी मन्दी ल्याएको थियो। एक दशक भन्दाअघि वासिंङटन म्युचुअल ध्वस्त भएपछि वित्तीय संस्थाहरु असफल भएका थिए।

नियामकको नियन्त्रणमा अहिले ग्राहकहरुको झन्डै १७५ अर्ब डलर निक्षेप छ । यद्यपि कर्पोरेसनले प्रति ग्राहक २ लाख ५० हजार डलरसम्मको मात्र कभरेज दिने जनाएको छ ।

बिहीबार साँझ बैंकले निक्षेपकर्ताहरुलाई बैंक स्वस्थ रहेको र नियमित झैं सञ्चालन भइरहेको आश्वासनसहितको इमेल गरेको थियो । बैंकले पठाएको सूचनालाई निक्षेपकर्ताले विश्वास गरेनन् ।

टाट पल्टिएसँगै डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले शुक्रबार सान्ता क्लारा, क्यालिफोर्नियामा रहेको ४० वर्ष पुरानो बैंकलाई नियन्त्रणमा लिने बताएको छ । कर्पोरेसनले बैंकलाई ताला लगाउँदै सम्पूर्ण निक्षेपमा कब्जा गरेको छ ।

शुक्रबार बिहान सिलिकन भ्याली बैंकको सेयर कारोबार नै रोकियो। जस लगत्तै बैंकले तुरुन्तै पुँजी नबढाउने र खरिदकर्ता खोज्ने प्रयास गर्न नसक्ने अवस्थामा पुग्यो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स