कृषि विकास बैंकको संचालक समितिको सदस्यमा रमेशकुमार केसी नियूक्त

काठमाडौं । कृषि विकास बैंकको संचालक समितिको सदस्यमा रमेशकुमार केसी नियूक्त भएका छन् ।

नेपाल सरकार (मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंकको बैंक संचालक समितिको संचालक सदस्यमा केसी. मनोनयन भएका हुन् ।

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य केसीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका हुन् ।

उक्त अवसरमा कृषि विकास बैंकका संचालक सदस्यहरु डा हरिबहादुर केसी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स