बैंकहरूले घटाए कर्जा र निक्षेपको ब्याज, चैत १ बाट लागू हुने

काठमाडौं । वाणिज्य बैंकहरूले चैत १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेप दुबैको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेप र कर्जा दुबैको ब्याजदर घटाउने निर्णय गरेको हो ।

बिहीबार बसेको संघको बैठकले चैत १ गतेदेखि लागू हुने गरी साधारण बचतको ब्याजदर ०.४ प्रतिशत र कर्जाको प्रिमियमदर १ प्रतिशतले घटाउने निर्णय गरेको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । अहिले घटाएको ब्याजले साना ऋणी एकै पटक सिधै लाभान्वित हुनेछन्,’ उनले भने ‘बेसरेर ५ प्रतिशतभन्दा माथि जान नपाउने व्यवस्था भएको छ ।’

‘हाल लागू ब्याजदरमा साधारण बचतको ०.४ प्रतिशतले र कर्जाको प्रिमियममा १ प्रतिशतले घटाउने निर्णय गरिएको छ,’ उनले भने ‘ यो ब्याजदर चैत १ गतेदेखि लागू हुन्छ ।’

संघको निर्यायअनुसार चैत १ गतेदेखि वाणिज्य बैंकहरुले साधारण बचत खाताको निक्षेपमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिने छन् । यसअघिसम्म संघले साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर दिने सहमति वाणिज्य बैंकहरुले गरेका थिए ।

त्यस्तै कल डिपोजिटको ब्याज पनि बैंकर्स संघको निर्णयले घटाएको छ । संघको हिजोको निर्णयले कल डिपोजिटमा ०.२१ प्रतिशतले घटाएर ३ प्रतिशत कायम गरेको अधयक्ष केसीले बताए । यस अघि बैंकहरूले सो खातामा ३.२१ प्रतिशत ब्याज दिने गरेका थिए ।

ब्याजदरको सहमतिमा संघले कर्जाको ब्याजदर समेत घटाउने निर्णय गरेको छ । संघले प्रिमियमदर घटाउँदै कर्जाको ब्याजदर घटाउने निर्णय गरेको हो । हालसम्म वाणिज्य बैंकहरुले अधिकतम ६ प्रतिशतसम्म प्रिमियम लिने सहमति गरेका थिए । जसलाई १ प्रतिशतले घटाएर चैत १ गतेदेखि बेसरेटमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउनेछन् ।

‘अहिले १० प्रतिशतको हाराहारीमा बेसरेट छ भने ५ प्रतिशत प्रिमियम जोडेर करिब १५ प्रतिशतमा ऋणीले कर्जा पाउने छन् ।

व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने थपघट नगर्ने निर्णय संघले गरेको छ । चैतमा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा ११.४१ प्रतिशत ब्याज दिनेछन् । मुद्दति निक्षेपको ब्याजले खासै असर पार्दैन । सो कारण हामीले अहिले मुद्दति निक्षेपलाई नचलाएर बचत र कल डिपोसटको मात्रै ब्याजदर घटाएका हौं । यसो गर्दा ऋणको ब्याजदर पनि तत्काल घटान जाने र ऋणीले तत्कालले राहत पाउने अध्यक्ष केसीले बताए ।

बैंकहरुसँग भएको कुल निक्षेपमा बचत खातामा भएको निक्षेपको हिस्सा २६ प्रतिशत छ । जसकारण बचतमा ब्याजदर घटाउने निर्णयले बैंकहरूको आधार दर र कर्जाको ब्याजदर घट्छ । मुद्दति निक्षेपमा भने फागुनकै ब्याजदर यथावत राखिने अध्यक्ष केसीले जानकारी दिए ।

पुसदेखि वाणिज्य बैंकहरुको कर्जा प्रवाह दर घट्दै गएको छ । गत वर्षको पुसमा सीडी रेसियोको ८९.९९ प्रतिशतसम्म कर्जा प्रवाह गरेका बैंकहरू अहिले ८६ प्रतिशत हाराहारीको स्थितिमा छन् । यसको अर्थ अहिले बैंकहरूसँग लगानी योग्य पुँजी सहज छ भन्ने हो । बैंकहरूसँग करिब २ खर्बभन्दा बढी लगानीयोग्य रकम छ । लगानीयोग्य रकम थुप्रिँदै जाँदा स्वाभाविक रुपमै ब्याजदर घट्दै जानेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स