नेप्सेमा सिभिल बैंकको ७ करोड ६५ लाख कित्ता सेयर हिमालयन बैंकको नाममा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकृत भएको छ।

बिहीबार साविक सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् कायम हुन आएको सेयर हिमालयन बैंकको नाममा सूचीकृत भएको हो । सिभिल बैंकको १०० अंकित दरका कुल ७ करोड ६५ लाख ३ हजार ९१८.४९ कित्ता साधारण सेयर हिमालयन बैंकका नाममा सूचीकृत भएको छ।

हिमालयन बैंकले सिभिल बैंकलाई १ः०.८०२८ अनुपातमा प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ।

योसँगै अब सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा कारोबारमा आउने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स