सेयर बजारमा लगानी बढाउन चहानु हुन्छ ? यस्तो छ सेयर धितो कर्जाको ब्याजदर

काठमाडौं । सेयर धितो कर्जाबाट अधिकतम लगानीकर्ताले लाभ लिन नसकेको भनेर नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमामा क्याप लगाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् एक व्यक्ति वा संस्थाले एउटा बैंक तथा वित्त कम्पनीबाट ४ करोड रुपैयाँ र अन्य बैंक तथा वित्त कम्पनी समेतगरी बढीमा १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

२०७७/७८ मा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । ८ हजार ५६४ जनाले सेयर धितो कर्जा उपयोग गरेका छन् ।

१६२ जनाले १२ करोड रुपैयाँभन्दा धेरै सेयर धितो कर्जा लिएका छन् । उनीहरुले १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा लिएका छन् ।

४ करोड रुपैयाँभन्दा बढी र १२ करोड रुपैयाँभन्दा कम सेयर धितो कर्जा लिने ६३६ जना छन् । उनीहरुले २३ अर्ब १२ करोड रुपैयाँ सेयर धितो कर्जा लिएका छन् ।

सेयर कारोबार गर्नका लागि ४४ लाख ९ हजार ४० जनाले डिम्याट खाता खोलेका छन् । सेयर कारोबार गर्नेमध्ये ०.१९ प्रतिशत मात्रै सेयर धितोकर्जाको व्यवस्थाबाट लाभावित भएका छन् ।

सेयर बजारमा लगानी गर्ने हरेक व्यक्तिले सेयर धितो कर्जा लिन पाउँछन् । सेयर धितो ऋण मूल्यांकन गर्दा १२० दिनको औसत मूल्यको आधारमा दिने व्यवस्था छ । उक्त मूल्यांकनको अधिकतम ७० प्रतिशतसम्म बैंक तथा वित्त कम्पनीले सेयर धितो कर्जा प्रवाह गर्दै आएका छन् ।

लगानीकर्तासँग भएको सबै सेयरले धितो बापत ७० प्रतिशत नै कर्जा पाउँछन् भन्ने हुँदैन । बैंक तथा वित्त संस्थाको सेयर धितो कर्जा सम्बन्धी आफ्नै नीति हुन्छ । त्यही नीतिको आधारमा बैंक तथा वित्त कम्पनीले ७० प्रतिशतभन्दा माथि नहुनेगरी सेयर धितो कर्जा प्रवाह गर्छन् ।

सेयर धितो कर्जाको ब्याजदर

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स