माछापुच्छ्रे बैंक र सेल्सबेरी एन्ड सेल्सवेजबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र सेजवेज क्यास एन्ड क्यारी प्रालि (सेल्सबेरी एन्ड सेल्सवेज) बीच डिजिटल कारोबारलाई प्रोशाहन गर्ने उद्देश्यले सम्झौता भएको छ।

सम्झौतापत्रमा सेल्सबेरीका तर्फबाट अध्यक्ष सुशीलमान प्रधानांग तथा माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात सेजवेज क्यास एन्ड क्यारीसँग आबद्ध सेल्सबेरी एन्ड सेलवेजका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकले विभन्न डिजिटल माध्यमबाट जस्तै त्तच् वा पीओएसमार्फत डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्न सक्नेछन्।

यसैबीच बैंकले हरेक हप्ताको सोमबारका लागि मन्डे म्याडनेस योजना सञ्चालन गरिरहेको छ। जसअन्तर्गत हरेक सोमबार बंैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएस वा ई–कमबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा १२३ रूपैयाँ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा २२३ रूपैयाँ सम्म छुट पाउन सकिनेछ। यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागू हुनेछ।

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार–व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ। यस प्रकारको सम्झौताले गर्दा ग्राहकलाई सुविधालगायत व्यापार–व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ। यसका साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरु सञ्चालन गरिरहेको छ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा र २०६ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स