एनआईसी एशिया क्यापिटल सातौं वर्षमा प्रवेश, ६ मा ६ अफर योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया क्यापिटलले छैठौं वर्ष पुरा गरि सातौं वर्षमा प्रवेश गरेको छ। क्यापिटलले आफ्नो छैठौं वर्ष पुरा गरेको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ।

क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिने निम्न सेवाहरुमा ६ मा ६ अफर योजना सार्वजनिक गरेको छ ।

लगानी व्यवस्थापन सेवा अन्तर्गत

क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र ६ रूपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । क्यापिटलका अनुसार उक्त अफर योजना मिति २०७९ साल चैत्र मसान्तसम्म संचालन हुनेछ ।

एनआईसी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत

एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना ‘एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड’को सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी) मा २०७९ फाल्गुन २२ देखि मिति २०७९ चैत्र मसान्तसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ६ जना इकाईधनीहरुले ५०० रूपैयाँ बराबरको क्यापिटलको तर्फबाट एसआईपी रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआईपी बुस्टरको सुविधा उपलब्ध गराईने क्यापिटलले जनाएको छ ।

संस्थागत परामर्श

एन आई सी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत ‘आईडिया टु आईपिओ’ सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आईडियादेखि कम्पनी स्थापना, विस्तार, वृद्धि, थप विस्तार हुँदै आईपिओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट उपलब्ध गराउने संस्थागत परामर्श सेवा शुल्कमा ६ व्यक्ति तथा संस्थालाई सेवा शुल्कमा ५० प्रतिशत छुट योजना सार्वजनिक गरेको छ । हाल क्यापिटलले संस्थागत परामर्श अन्तर्गतको सेवा जुन सुकै क्षेत्र तथा जुन सुकै चरणमा रहेका कम्पनीहरुलाई समेत उपलब्ध गराउदै आइरहेको छ ।

निक्षेप सदस्य सेवा अन्तर्गत

हाल क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालन गरिरहेको छ । वार्षिक उत्सवको अवसरमा क्यापिटलले एन आई सी एशिया डिम्याट सेवा अन्तर्गत मिति २०७९ फाल्गुन २२ देखि मिति २०७९ चैत्र मसान्तसम्म सहभागि हुने ग्राहकहरुलाई निम्न अफर योजना संचालन गरेको छ ।

१. एन आई सी एशिया ‘९९९ लाइफटाइम डिम्याट योजनाुमा सहभागि खातावालाहरु मध्ये ६ जनालाई उक्त ९९९ रूपैयाँ क्यास ब्याक गरिदिने ।

२. एन आई सी एशिया ‘१००० लाइफ टाइम मेरो शेयर योजनाुमा सहभागि मेरो शेयर प्रयोगकर्ताहरु मध्ये ६ जनालाई उक्त १,००० रूपैयाँ क्यास ब्याक गरिदिने ।

३. साथै बीओ टु बिओ मार्फत एन आई सी एशिया क्यापिटलमा डिम्याट खाता ट्रान्सफर गर्दा निःशुल्क गरिदिने ।

सेयर रजिष्ट्रार सेवा अन्तर्गत

हाल क्यापिटलले प्राईभेट कम्पनीहरुलाई समेत सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । वार्षिक उत्सवको अवसरमा क्यापिटलले मिति २०७९ चैत्र मसान्त भित्र सहभागि हुने कम्पनीहरु मध्ये एउटा कम्पनीलाई मात्र ६ रूपैयाँमा सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ ।

निष्कासन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत

वार्षिक उत्सवको अवसरमा मिति २०७९ चैत्र मसान्त भित्र आईपिओ तथा हकप्रद सेयर निष्कासन सम्बन्धी सेवा लिन चाहने कम्पनीहरु मध्ये ६ वटा कम्पनीहरुलाई निष्कासन तथा बिक्री प्रबन्ध सेवा शुल्कमा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स