राष्ट्र बैंकले भन्यो– ‘एक पटक निर्धारण भएको प्रिमियम कर्जा अवधिभर वृद्धि गर्न पाइँदैन’

ब्याज भने स्थिर र परिवर्तनशील हुन्छ

काठमाडौं । राष्ट्र बैंकले एक पटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न नपाइने नयाँ व्यवस्था गरेको छ । बैंकले आज एक वित्तीय साक्षरता सम्ब्नन्धी सूचना जारी गर्दै भनेको छ–प्रिमियममा सुरुआती दिनमा सहुलियत दिई पुनः वृद्धि गर्ने जस्ता योजना लागू  गर्न नपाइने अवस्था गरिएको छ । यद्यपि बैंक तथा वित्तीय संस्थाले यस्तो प्रिमियम निर्धारण गर्दा कर्जाको जोखिम मूल्यांकन गरी गर्नुपर्ने पनि राष्ट्र बैंकले सुझाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशीले हुन सक्ने पनि बताएको छ । थिर ब्याजदर ऋणीले लिएको ऋणको अवधिभर बढ्दैन भने परिवर्तनशील ब्याजदर संस्थाको संस्थाको आधार दर मा आएको परिवर्तनअनुसार थपघट हुने जानकारी राष्ट्र बैंकले दिएको छ । परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंक तथा वित्रीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन् ।

परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आधार दरमा भएको परिवर्तनले ब्याजदरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने वारेमा सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट ऋणीले लिइ आफू स्पष्ट हुनुपर्दछ ।

राष्ट्र बैंकले प्रिमियममा कुनै लगाम नलगाएका कारण बैंक तथा वित्तीय संस्थाले आफ्नो मनोमानी तवरबाट ऋणी र ऋण हेरेर प्रिमियम लिने गरेका थिए । कतिपय बैंकले बैंकको आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम थपरे कर्जा प्रवाह गरेको पाइन्छ भने कतिपयले आधार दरमा त्यो भन्दा कम ४/५ प्रतिशतले प्रिमियम थपेर कर्जा प्रवाह गरेको पाइन्छ ।

पछिल्लो समय कर्जा महँगो भयो भनेर उद्यमी व्यवसायीले कर्जा नै माग गर्न छाडेपछि बैंकहरूले प्रिमियम घटाउन थालेका छन् । केहि दिन अघि सानिमा बैंकले ६ प्रतिशतमा रहेको आफ्नो प्रिमियमलाई अधिकतम सीमा ४ प्रतिशतसम्म राख्ने भनेर २ प्रतिशतले प्रिमियम घटाएको छ । अब छिट्टै एभरेष्ट बैंकले पनि प्रिमियम घटाएर आफ्ना ऋणीलाई सहुलियत दरमा कर्जा प्रवाह गर्ने भएको छ । अन्य बैंकले पनि यो प्रिमियम घटाएर भएपनि कर्जालाई केहि सस्तो बनाउने रणनीति लिन लागेको बुझिएको छ ।

कोभिडका बेला बैंकहरू डेढ/दुई प्रतिशत प्रिमियम थपेर ऋण प्रवाह गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स