एभरेष्ट बैंकले नेपाल पुलिस स्कूलमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न अक्षय कोष स्थापना

काठमाडौं । एभरेष्ट बैंकले २५ लाखकोे ‘एभरेष्ट बैंक अक्षय कोष’ को स्थापना गरेको छ । बैंकले नेपाल पुलिस स्कूलमा अध्ययन गरी उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ उक्त कोष स्थापना गरेको हो ।

सो कोष स्थापना गर्ने सम्झौतापत्रमा नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरिक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरेका छन् ।

बैंकले १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एटिएम बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस्तै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स