काठमाडौं। नेपाली बजारमा चलेका विभिन्न ब्राण्डका विद्युतीय सवारीमा बैंकहरूले ब्याज छुटका साथै फाइनान्सिङ सुविधा दिन थालेका छन् । नेपाल राष्ट्र बैंकले आयात प्रतिबन्ध खुला गर्दा पनि खासै सवारी साधन बिक्री खासै नदेखिएपछि सवारी साधन भित्र्याउने नेपालका आधिकारिक कम्पनीहरूले विशेष फाइनान्सिङ सुविधासहित ब्याजदरमा समेत छुटको व्यवस्था मिलाएर सवारी साधन बिक्री गर्न यो रणनीति अपनाएका हुन् । सवारी साधन खरिदलाई अभिवृद्धि गर्न कतिपय कम्पनीले बैंकसँग विशेष सम्झौता नै गरेका छन् ।
विद्युतीय सवारीलाई प्रवद्र्धन गर्न बैंकहरूले ब्याजदर घटाएका हुन् । पछिल्लो सयम विद्युतीय सवारी साधन खरिद गर्न चाहने नबिल, एभरेष्ट, एनएमबि, सानिमा, लक्ष्मीलगायतका बैंकबाट १३ देखि साढे १४ प्रतिशतमा ब्याज फाइनान्सिङ पाउने भएको हुन् ।
सवारी साधन गरिद गर्न चाहनेहरूले यदि टाटा कम्पनीको नेक्सन इभी वा टिगोर इभी खरिद गर्न चाहेमा नबिल, प्रभु, कुमारी, एभरेष्ट बैंकबाट १३.४८ प्रतिशत ब्याजदरमा कर्जा पाउने छन् । यस्तो गाडि खरिद गर्दा जम्मा २० प्रतिशतमात्रे डाउन पेमेनट तिरे पुग्नेछ ।
भन्नुको अर्थ कुनै कम्पनीको इभी सवारीको मूल्य १ करोड रुपैयाँ छ भने यी बैंकले फाइनान्सिङ गरिदिने भएकाले खरिद कर्ताले जम्मा २० लाख रुपैयामात्रे बुझाए पुग्ने छ ।
हुण्डाईको कोना इभी, आयोनिक–५ खरिद गर्दा पनि ग्लोबल र नबिल बैंकबाट फाइनान्सिङ हुने र उक्त फाइनान्सिङको ब्याज १३ देखि १४ प्रतिशतमात्रै तिरे पुग्ने देखिएको छ । यदि कुनै ग्राहकले हुण्डाईको १ करोड १७ लाख रुपैयाँ पर्न गाडी खरिद गर्न चहाछन् भने सुरुमा गाडि गरिद गर्दा २४ लाख रुपैयाँ टाउन पेमेन्ट गरेर मासिक १ लाख ७० हजार रुपैयाँका दरले किस्ता तिरेर सहजै आयाोनिक चढ्ने सपना पुरा गर्न सक्छ ।
बैंकबाट कर्जा लिँदा किस्ताको अवधि जति बढायो त्यति नै बढी ब्याज पर्ने र जति कम अवधिको सवारी साधन खरिद गर्यो त्यति नै ब्याज कम हुने अभ्यास छ ।