काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ। आइतबार प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंकको कुल १ करोड २७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको हो ।
जसअनुसार, सेन्चुरी कमर्शियल बैंकको ४.७५ प्रतिशतले हुन आउने ४५ लाख ३८ हजार १ सय ६.८७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, प्रभु बैंकको ६.५० प्रतिशतले हुन आउने ८२ लाख ६० हजार ६ सय ५७.७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।