राष्ट्र बैंकले आन्तरिक ऋणका लागि १५ अर्बभन्दा बढी रकम ट्रेजरी बिलमार्फत बोलकबोल गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार १५ अर्ब ४ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले आज फागुन २१ गते सो ट्रेजरी बिल जारी गरेर फागुन २३ गते बोलकबोल गर्ने गरी २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल निकाल्न लागेको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ र १८२ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः चैत २१ गते, २०८० वैशाख जेठ २३ गते र २०८० भदौ १९ गते परिपक्व हुनेछन्।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । यी ट्रेजरी बिलका आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स