बैक तथा वित्तीय संस्था विरुद्ध भइरहेको संगठित आक्रमण रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु विरूद्ध हुने गलत गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको संगठित आक्रमणको प्रयासपछि गृह मन्त्रालयले सीडीओ कार्यालयहरूलाई यस्तो निर्देशन दिएका हो । बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षा प्रबन्ध मिलाउन निर्देशन आएको काठमाडौं जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले हाम्रोअर्थलाई बताइन् ।

‘हामीले भोलि हुने भनेको आन्दोलनमा शान्ति सुरक्षा कायम गर्न पूर्व सर्तकता अपनाइसकेका छौं,’ उनले भनिन् ‘हामीलाई सोधेर उनीहरूले आन्दोलन गर्न लागेका होइनन्, सो कारण हामीले रोक्न मिल्दैन, नागरिकको शान्ति सुरक्षा गर्ने हाम्रो काम हो, सोको तयारी भइसकेको छ ।’

विवादस्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले १ फागुनमा झापाको एक सभामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । उनले २० लाखसम्मको ऋण मिनाहा हुनुपर्ने र बैंकमा कार्यरत कर्मचारीलाई समातेर कालोमोसो दल्ने चेतावनी दिएका थिए ।

प्रसाईंले बैंक, लघुवित्त र सहकारी संस्थालाई २० लाख रुपैयाँसम्मको कर्जा मिनाहा गर्नुपर्ने भन्दै त्यसो नगरे तत्–तत् संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी सोही मञ्चबाट दिएका थिए ।

‘हामीले सतिश पोख्रेलको नेतृत्वमा देशभरि कालोमोसो दल्ने समूह बनाएका छौं,’ झापामा दुई साताअघि प्रसाईंले भनेका थिए, ‘२० लाखसम्मको ऋण मिनाहा हुनुपर्छ । लघुवित्तका मान्छे गाउँमा आए भने च्याप्प समाउने, कालोमोसो दल्ने । बैंकका कर्मचारीले टर्चर गरे भने बैंकको बाहिर रुँघेर बस्ने र कालोमोसो दल्ने । बैंकको भित्र छिर्याे भने पो मुद्दा लाग्छ

व्यवसायीले बैंक तथा वित्तीय संस्था विरुद्धको आन्दोलनका क्रममा १८ फागुनमा कैलालीको धनगढीमा बैंकमा निक्षेप नराख्ने अभियान नै चलाएको थिए । १६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा किस्ता असुलीमा गएका लघुवित्तका कर्मचारीलाई अज्ञात समूहले कालोमोसो समेत दलेको थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स