सानिमा बैंकले घटायो ब्याजदर

प्रिमियम घट्दा ब्याजदर २ प्रतिशतसम्म घट्ने

काठमाडौं । सानिमा बैंकले ब्याजदर घटाएको छ । बैंक ४ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेसँगै सानिमा बैंकका ऋणीको २ प्रतिशत ब्याजदर घट्ने भएको हो । सानिमा बैंकले आफ्ना ऋणीलाई अधिकतम ६ प्रतिशतसम्म प्रिमियम लगाउँदै आएको छ ।

अब ६ प्रतिशत प्रिमियम हुने ऋणीले ४ प्रतिशतमात्रै प्रिमियम जोडेर कर्जाको ब्याजदर तिरे पुग्ने भएको छ । सानिमा बैंकले अर्थतन्त्र संकुचन भएसँगै आफ्ना ऋणीहरूलाई मार नपार्न अर्थात डिफल्टरबाट जोगाउन लिदै आएको प्रिमियम घटाएर सहुलियत दिएको हो ।

सानिमा बैंकले यस्तो निर्णय गरेपनि अन्य बैंकहरूले भने अहिलेसम्म ब्याजदर घटाउने अर्थात घट्ने कुनै उपकरणको प्रयोग गरेका छैनन् । सानिमा बैंकको माघ महिनासम्म १०.८५ प्रतिशत बेसरेट रहेको छ । बैंकको पछिल्लो निर्णयअनुसार अब ऋणीले सो बेसरेटमा प्रिमियम जोडर कर्जा पाउने छन् ।

बैंकहरूले लिएको महँगो ब्याजदरको विरोधमा भोलि बिहान ११ः०० बजे नयाँ बानेश्वरमा जनसभा आयोजना गरेको छ ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स