भोलि पनि आरटीजीएस प्रणाली सुचारु रहने

काठमाडौं । भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज एक सूचना प्रकाशित गरी शनिबार (फागुन २० गते) बिदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।

विकास ऋणपत्र २०७९ ‘क’ को व्याज भुक्तानीको लागि फागुन २० गते शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली संचालन हुने राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स