नेशनल माइक्रोफाइनान्सको लाभांश संशोधन, घट्यो बोनस

काठमाडौं । नेशनल माइक्रोफाइनान्सको लाभांश संशोधन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश संशोधन गरेको हो ।

राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले ३४.४५ प्रतिशत बोनस सेयर मात्र वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस अघि कम्पनीले हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख रहेको छ ।

संशोधित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स