काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको कमाइबाट सेरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । वािणज्य बैंकहरुमा सबैभन्दा पहिला माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।