बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न, ९०७ जनाले पाए १० कित्ता सेयर

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । मंगलबार बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले कम्पनीको सेयर बाँडफाँट सम्पन्न गरेको हो ।

लघुवित्तको आईपीओमा १० कित्तादेखि १ हजार कित्ताका लागि १५ हजार ९१८ जनाले आवेदन दिएका थिए । जसमा ९०७ जनाले १० कित्ता सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ ।

लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता सेयर बिक्री गरेको थियो ।

जसमध्ये ९ हजार ७ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको थियो । लघुवित्तले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म बिक्री खुला गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स