ग्राहकको गुनासो बढेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दियो चेतावनी

काठमाडौं । निक्षेप र कर्जाको बैंकको ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरूबीच प्रतिस्पर्धा बढेपछि नेपाल राष्ट्र बैंकले अस्वस्थ प्रतिस्पर्धा नगर्न चेतावनी दिएको छ । बैंक तथा वित्तीय संस्थाले अवस्थ प्रतिस्पर्धा गरेमा कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको हो । राष्ट्र बैंकमा ब्याजदरको विषयका साथै अधिक शुल्क लिएको विषयमा समेत गुनासो पुगेको छ ।

केही बैंकहरूले तोकेको भन्दा बढी स्प्रेड दर देखाएर बढी ब्याज लिएको र प्रिमियम एकतर्फी बढाएको गुनासो राष्ट्र बैंकमा पुगेको थियो । यदि यताउता गरेर नियम विपरीत गरेर काम गरेमा कडा कारबाही गर्ने भनेको उनले बताए ।

असोज १ गतेदेखि बैंकहरूको निक्षेप र कर्जाको ब्याजदरमा ग्राहकको गुनासो बढेको छ । राष्ट्र बैंकले नियम दायाबायाँ गरेर काम नगर्न भनेको आफूहरूलाई भनेको नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । कतिपय वाणिज्य बैंकहरुले असोजबाट निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्याका छन् ।

मुक्तिनाथले प्रकाशित ब्याजदर सच्यायो

यसैबीच राष्ट्र बैंकले कारबाहीको चेतावनी दिएपछि मुक्तिनाथ विकास बैंकले माफी मागेको छ । बैंकले मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज दिने प्रचार गरेको थियो । राष्ट्र बैंकको चेतावनीपछि मुक्तिनाथ विकास बैंकले सूचना जारी गरेर मुद्दती निक्षेपमा बार्षिक ९.५ प्रतिशतमा दिइने बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स