आशा लघुवित्तको लाभांश दर घट्यो

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश दर घटाएको छ । फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश दर घटाउने निर्णय गरेको हो ।

लघुवित्तले अब कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सो लाभांशमध्य १४.२८ प्रतिशत बोनस सेयर रहेको छ भने ०.७१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । यस अघि लघुवित्तले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको थियो ।

नेपाल राष्ट्र बैंकको पत्रानुसार सो लाभांशं परिमार्जन गरिएको लघुवित्तले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स